Tamu hyula

"तमु हृयुला" करिब २ बर्षअगाडिनै निमार्णको लागि तयार रहेको थियो ।तमु हृयुला" सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नै पर्ने चलचित्र बनेको छ । यसको गित संगीत पनि अत्यन्तै राम्रो रहेको छ ।

 विशाल गुरुङ

नायक नृत्य निर्देशकनव वर्ष२०६७ सालको शुभ कामना सहित तमुहरुको हकहित र अधिकारको झण्डा यो हृयुलामा गौरवताका साथ फरफराउने छ ।वास्तवमा अहिलेको परिवेशमा "तमु हृयुला" सान्दर्भिक विषय हो ।

प्रेम सामाजिक संस्कार र जातिय आवाजको वीचबाट निकालिएको सिलाजित हो "तमु हृयुला" । यसको निमार्णमा सबै तमु समाज, पत्रकार, सञ्चार माध्यम एवम् विशिष्ट व्यक्तिहरुको पसिना बगेको छ । यो चलचित्र अवश्य सफल हुनेछ । जातिय अधिकारको कुरा अनि सामाजिक द्धन्दलाई "तमु हृयुला" ले उठाएको छ । राज्यवाट वारेन्ट काटिएको तमु युवा, निरंकुशताको चर्को शासन विरुद्ध आवाज उठाउने, जातिय अधिकार स्थापनाको लागि समर्पित पात्रको रुपमा प्रस्तुत भएको छु ।
पोखरामानै पहिलो पटक राजनितिक ढ्ङगमा निर्माण गरिएको गुरुङ चलचित्र "तमु हृयुला" अर्को पृथक तवरले निर्माण गरिएको सुन्नमा आएको छ । सायद यस्तो चलचित्र पोखारामा पहिलो पटकनै निर्माण भएको होला ।"तमु हृयुला" को निर्देशन र छाँयाङकन पक्ष निक्कै राम्रो रहेको छ । अभिनय, कथा, गीत संगीत कुनै सेलुलाइड चलचित्रको भन्दा कम छैन । समग्रमा चलचित्र राम्रो बनेको छ ।

0 comments:

Post a Comment