preshyo

              अभियान फिल्म प्रोडक्सन पोखराको नयाँ प्रस्तुती तमू चलचित्र "प्ह्रेस्यों" को छायाङकन कास्की जिल्लाको तमूहरुको सुन्दर गाउँ मौजा गाउँमा द्रुतगतिमा भई रहेको छ । २०६६ साल आश्विन २४ गते एक समारोह विच छायाङकन स्थल मौजा गाउँको बारेमा निर्माता निर्देशक लोक बहादुर तमूले सिमे भूमि र पितृको नाममा पूजा गरि शुभ मुहर्त गर्नु भएको थियो ।उक्त चलचित्रमा नायकद्धय ओम तमू र आकाश तमू रहेको छ । नायिकामा भने नविना तमू र मिरा तमू रहेको छ ।यस चलचित्रको लेखन तथा निर्देशन लोक बहादुर तमू र वेद बहादुर तमू -श्यामले गर्नु भएको छ भने निर्माताहरुमा एकेन्द्र तमू , दिलिप तमू ,सत्य घले, बिजय तमू र ओम प्रकाश तमू रहनु भएको छ । छायाङकन तथा सम्पादन जितमान तमूले गर्नु भएको छ ।

0 comments:

Post a Comment