Dittha

               मुखियाको छोरो अजय शहरमा डाक्टरी पढ्छन् । गाउँमा युवाको नेतृत्व भने डिट्ठाले गर्छ, जस्का कारण गाउँमा अमन चयन हुन्छ । मुखिया बुढाहरुको नेतृत्व हो भने डिट्ठा युवाहरुको । यी दर्ुइ परिवारबीचको द्वन्दनै गाउँको कथा हो ।
समाजमा हर्ुकँदै गरेकी बैँशालु पम्फालाई गुरुङ परम्परा अनुसार पुङ -गुरुङ संस्कार अनुसार दुलही माग्दा बाबुआमाले पर्राईघर सुम्पने निधो गर्छन् । विहाहको अघिल्लो दिन पम्फालाई केटापक्षले 'बोक्सी'को आरोप लगाउँदै विवाह नहुने निर्ण्र्ााहितको पत्र पठाएपछि कथाले गम्भीर रुप लिन्छ । पम्फाको विषयलाई लिएर भाइखलकमा बैठक हुन्छ र परिवार/भाइखलकको बर्ेइज्यत हुने डरले एकजना लाटोसंग विहाह गरिदिने निर्ण्र्ाागर्छ तर, गाउँभरि हल्ला चल्छ । बोक्सीको आरोपमा अनेकन पीडा र यतना खेप्न बाध्य पम्फा आन्महत्या गर्न सम्म बाध्य भएको कथाले सवैको मन छुन्छ । कसैले पनि विवाह गर्न नमानेकी पम्फालाई डिट्ठाले विवाह गरेपछि उनलाई सान्त्वना त मिल्छ तर, मर्दापर्दा समेत कसैले सहयोग नगर्ने बाचासहित भाईखलकवाट निकालिएपछि श्रीमानश्रीमती समाजमा एक्लो हुन्छ ।
यता, मुखियाको छोराले पर्ूव रुम्जाटारको एकजना लामा थरकी गुरुङसेनी ल्याउँछन् । काजल नामकी केटीलाई भाइखलकसंग सल्लाह गरेरमात्रै मुखियाले बुहारी स्वीकार्छ  समाजमा पम्फाले 'बोक्सी हैन' भनेपनि अन्ततः आफ्नो श्रीमान्को नजरमा समेत बोक्सी कहलिएपछि आँगनको डिलवाट खसेर पम्फाको ज्यान जान्छ । त्यसैबखत विरामी काजलको शरीरमा भाकेर 'म पम्फा होईन, शीरमाया हो' भनेपछि सवै अचम्ममा पर्छन् । 'दर्ुगम रुढीग्रस्त गाउँमा बोक्सीको आरोप लागेको युवतीको कथामा आधारित यो चलचित्र गुरुङ समाजको यथार्थ हो'

0 comments:

Post a Comment